कानुन मन्त्री (गोविन्द बन्दी) दैलेखमा


दैलेख : नेपाल सरकारका कानुन मन्त्री गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) दैलेख आएका छन् । उनी शनिवार साँझ दैलेख आएका दैलेखको सुरक्षा संयन्त्रले जनाएको छ ।
जिल्लामा जातीय छुवाछुत विरुद्धको अवस्थाको जानकारीका लागि आइतवार दैलेखका ११ वटा स्थानीय तहका जनप्रतिनिधिसँग हुने एक कार्यक्रममा सहभागी हुन कानुन मन्त्री बन्दी दैलेख आउनुभएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले बताए ।
कानुन मन्त्री बन्दीले आइतबार विहान जिल्लामा हुने विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने जनाइएको छ । कानुन मन्त्री बन्दीसँगै कानुन मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृत लगायतको टोली दैलेख आएको निमित्त प्रजिअ कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार